चाडपर्वको अवसरमा ४१ लाख ४२ हजार बुक तास भित्रियो

0 Shares

काठमाडौं । चाडपर्वको अवसरमा नेपालमा ४१ लख ४२ हजार बढी बुक तास भित्रिएको छ । दशैँ तथा तिहारमा तास खेल्ने चलन छ । यस्तो चलनलाई मध्यनजर गर्दै व्यवसायीहरुले गएको साउन महिनादेखि असोज मसान्तसम्म ४२ लाख ४१ हजार ५६ बुक तास आयात गरेका हुन् ।

भन्सार विभागका अनुसार सो तासहरु आयात गर्दा १२ करोड ३० लाख ४३ हजार रुपैयाँ बाहिरिएको छ भने ७ करोड ४२ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा विभिन्न १० वटा देशबाट उक्त तास आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चिनबाट ३९ लाख ९ हजार ३११ बुक आयात हुँदा भारतबाट २३ लाख २५ हजार ८० बुक तास आयात भएको हो । यस्तै, बेलायतबाट ११५ बुक, दक्षिण कोरियाबाट २४ बुक, कुवेतबाट १०, ताइवानबाट ६, फिलिपिन्सबाट ५, यूएईबाट ३, कतार र साउदी अरबबाट समान १र१ बुक तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार