0
Shares
काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
आवश्यक कागज पत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ट्रकलाई आज साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।