सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै

0 Shares

काठमाडौं । नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला, प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ ।

यसको आगमनले नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ । प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो । साथै, यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई पनि समान प्राथमिकता दिएको छ ।

विशेष रूपमा रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
नेपालका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक तथा शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै आएको छ । अन्तर्राष्ट्रियस्तरमा स्थापित सवारीसाधनको बढ्दो पोर्टफोलियो, देशव्यापी बिक्री तथा सेवा सञ्जाल, ग्राहककेन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानीमार्फत कम्पनीले नेपाली ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रोटोन ई मास५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने जगदम्बा मोटर्सको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास रहेको छ ।
यस सम्बन्धी प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका सम्पूर्ण जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार