३३ जना नेपालीले पाए जीवनदान

0 Shares

काठमाडौं । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६)को अवसरमा ३३ जना नेपाली कैदीबन्दीले जीवन दान पाएका छन् । अर्थात, उनीहरूलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।

नेपाल सरकारले साउदीको उदार कदमलाई दुई देशबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रुपमा उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो । उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार