सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार