0
Shares
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।
आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेको हो । योसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ । यसरी हेर्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।