सुनचाँदीको मूल्यमा गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । सोमबार तीजको दिन स्थानीय बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६२० रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार