महाधिवेशनमा जुट्न कार्यकर्तालाई देउवाको आह्वान

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मंसिर २१, २२ र २३ गते आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् ।

उनले आज अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गरेका हुन् । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ-आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा उनले अपिल गरे ।

पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्य तालिका (आगामी असोज १६ देखि १९ गतेसम्म) सार्वजनिक गरी एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको उनको आरोप छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रुपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उनको दाबी छ ।

पूर्वसभापति देउवाले भोटेकोशी बाढीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, उनले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गरे ।

सम्बन्धित समाचार