काठमाडौं । साताभर सुनको मूल्यमा उतारचढाव आएको छ । अघिल्लो शुक्रबारको तुलनामा आइतबार ६०० रुपैयाँले बढेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन पनि ८०० रुपैयाँ बढ्यो ।
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ६०० रूपैयाँले बढ्दै तोलामा २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
सोमबार सुनको मूल्य थप वृद्धि भयो । सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भयो ।
यसैगरी मंगलबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ हजार ६०० सय रूपैयाँ घट्यो । योसँगै प्रतितोला २ लाख ८७ हजार १०० रूपैयाँमा कारोबरा भयो । बुधबार सुनको मूल्यमा थप गिरावट आएको थियो । यस दिन सुनको मूल्य तोलामै ३ हजार ६०० रुपैयाँ घटेको हो । योसँगै प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भयो ।
बिहीबार सुनको मूल्यमा पहिरो गयो । यस दिन तोलामै ५ हजार २०० रुपैयाँले गिरावट आएको थियो । योसँगै तोलामा २ लाख ७८ हजार ३०० रुपैयाँ कामय भयो ।
शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य वृद्धि भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ८०० रुपैयाँ बढेको हो । सुनको मूल्यमा सामान्य बढेसँगै प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि तोलामा ५५ रुपैयाँ घटेर कारोबार भएको थियो । योसँगै अन्तिम कारोबार मूल्य ४ हजार १८० रुपैयाँ कायम भएको थियो । यसअघि साताको पहिलो कारोबार दिन तोलाको ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।