काठमााडौं । साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) वृद्धि भएको छ । यस दिन ४४.२५ अंकले बढेर परिसूचक २ हजार ५४७.६० विन्दुमा उक्लिएको छ ।
परिसूचक बढेपनि कारोबार भने घटेको छ । हिजो आइतबार ६ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । आज ४ अर्ब ६० करोडमा खुम्चिएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ३१ करोड ९१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख बढीको कारोबार भएको छ ।
२०० वटा कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटाको घटेको छ । जहाँ ३ वटा बीमा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १०.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, इमर्जीङ नेपाल लिमिटेडको शेयर मूल्य ९.९२ र दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएको हो ।
आज सबै उपसूचक वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै अन्य उपसूचक समूह ५.०१ प्रतिशतले वृद्धि भएको छ ।