तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

0 Shares

काठमाडौं । संघीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

कार्यसूचीअनुसार अपराह्न २ बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३र८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ । सो समितिको बैठक बिहान ११ बजे बस्ने छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ ।

सम्बन्धित समाचार