साउन ११ गते सोमबार तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ साल साउन ११ गते सोमबार । सन् २०२६ जुलाई २७ तारिख । नेपाल संवत् ११४६ । आज बिहान ५ बजेर २५ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । अध्ययन अध्यापन एवम् बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । कामको सिलसिलामा यात्राको योग छ । धेरैले बुद्धि विवेकको तारिफ गर्नेछन् ।

बृष

आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन् । कामको बोझले थाकेको महसुस हुने देखिन्छ । घर(गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ ।

मीथुन

आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजना अघि बढाउने सवालमा कसैबाट राम्रो साथ(समर्थन पाइएला । वौद्धिक क्रियाकलापमा भने आज आंशिकमात्र सफलता मिल्ने देखिन्छ । शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

कर्कट

वुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । बन्द(व्यापारबाट लाभ मिल्नेछ । प्रेम प्रसङ्ग सुखद रहनेछ । विगतका कर्मको उचित प्रतिफल मिल्नेछ । ब्यस्तता बढेपनि सुखद फल प्राप्त होला । आरोग्यबल बढ्नेछ ।

सिंह

सोच्दै नसोचेको स्थानबाट लाभ हुने शुभदायी समय छ । उद्योग–व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनको साथ र मिष्ठान्न भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नेछन् । प्रयास गरे फसेको पैसा उठ्ने योग छ । साथीभाइले सहयोग गर्नेछन्, पराक्रम वृद्धि हुनेछ ।

कन्या

मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै मन नजाने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । अनावश्यक ठाउँमा धन खर्च हुँदैछ । आम्दानीमा कमी आउनेछ । अध्ययन(अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ ।

तुला

मनमा दुविधा रहनसक्ने दिन छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला ।

वृश्चिक

आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा होला । आम्दानी बढ्ने तथा धनलाभ हुनेछ । खर्च केही वृद्धि होला । शुभता बढेर रोकिएको काम बन्ने छ ।

धनु

सकारात्मक तथा व्यवहारिक सोचको विकास हुने र रमाइलो तरिकाले कामहरु गर्न सकिने समय छ । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । व्यापार व्यवसायबाट सन्तोषजनक लाभ मिल्ला । नियमित कार्य सहज र सामान्य रहनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा मन जाने देखिन्छ ।

मकर

चुनौतीयुक्त समय छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि आर्जित रकम फस्ने सम्भावना छ, कारोबारमा सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनसक्छ । अरूको मात्र भर पर्दा काममा धोका हुनसक्ने योग छ । कमाइ कम खर्च धेरै हुने देखिन्छ । सानो कुराले पनि अशान्ति र छटपटी बढाउन सक्छ ।

कुम्भ

आजको दिन टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पूरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न तुल्याउने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

मीन

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । आर्थिक पक्षमा सुधार आइ सन्तोषजनक रहला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको कामबाट विशेष लाभ होला ।

सम्बन्धित समाचार