काठमाडौं स्कुटर र मिनीट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

0 Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका १२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् । उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार