0
Shares
काठमाडौं । हिमालयन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिनेश बहादुर अमात्य नियुक्त भएका छन् । साउन ११ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई निमित्त सीईओको जिम्बेवारी दिएको हो ।
अमात्य यस अघि आईएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनी हालै हिमालयन लाइफमा आबद्ध भएका हुन् ।