सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

0 Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबारभएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार