एसियाली खेलकुदका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली सार्वजनिक

0 Shares

काठमाडौँ । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान र सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल र प्रशिक्षकमा अब्दुल सतार रहेका छन् । विनोद दास टिम लिडर, लोकेन्द्र कुँवर मेडिकल टिम तथा रमन शिवाकोटी प्राविधिक टोलीमा रहेका छन् ।

नेपालको १५ सदस्यीय टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

सम्बन्धित समाचार