0
Shares
काठमाडौं । डिजिटल भुक्तानी माध्यममा प्रचलित खल्ती र आईएमई वालेट मर्ज भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आईएमई पे र खल्ती वालेट मर्ज भएको हो ।
मर्ज भएसँगै ‘खल्ती बाई आईएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ । एउटै एपमा समेटिएपछि साबिकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

दुई डिजिटल प्लेटफर्मको मर्जबाट नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बन्ने अवसर मिलेको छ ।
यी दुई वालेट मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा दिँदै आएको थियो ।