गाँजासहित धनगढीमाईबाट वृद्धि पक्राउ

0 Shares

काठमाडौं। सिरहा प्रहरीले १४ किलोग्राम गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार धनगढीमाई नगरपालिका–३ कुर्वा टोलका ६५ वर्षीय जोगिन्द्र साह पक्राउ परेका छन्। गाँजा लुकाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घरमा छापा मार्दा १४ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

सम्बन्धित समाचार