काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ ।
विद्यालयले आगामी जुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्व प्रसिद्ध डाना कप सेभेन-ए-साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।
यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ । जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका एक हजार एक सय टोलीहरू सहभागी हुँदै छन् । संस्कृति टोलीलाई औरियम स्पोट्र्स एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ ।
प्रतियोगिताको मुख्यविशेषताः
अन्तर्राष्ट्रिय सहभागिताः हरेक वर्ष २० हजारभन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै स्थानमा भेला हुन्छन्।
१४ वर्षमुनिको समूहः १०० देखि १५० टोलीसम्म सहभागी हुने यस समूहमा विश्वभरका विद्यालय तथा क्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन् । पाँच दिनसम्म चल्ने राउन्ड-रोबिन खेलपछि ‘ए’ र ‘बी’फाइनल खेल हुने व्यवस्था रहेको छ ।
उक्त प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र शटल बस सेवासहितको सुविधा सम्पन्न पार्क भेन्डियामा खेलहरू सञ्चालन हुनेछ ।
सांस्कृतिक अनुभवः सहभागी टोलीहरू स्थानीय विद्यालयमा बसोबास गर्ने, जसले अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्छ ।
डाना कपको महत्व
विश्वमै अन्तर्राष्ट्रियः सहभागी टोलीमध्ये ९० प्रतिशत टोलीहरू विदेशबाट आउँछन् । जसले हरेक खेललाई सांस्कृतिक अनुभव बनाउँछ ।
प्रतिस्पर्धात्मक अवसरः विभिन्न क्लबका स्काउट र प्रशिक्षकहरूले उदीयमान प्रतिभाहरूको खोजी गर्ने उत्कृष्ट मौका हो ।
सामुदायिक सहयोगः प्रतियोगिताबाट संकलित आम्दानी स्थानीय खेल गतिविधिमा लगानी गरिन्छ ।
जीवनपाठः टिमवर्क, सहिष्णुता र विश्व नागरिकताको अनुभूति गराउने अवसर ।
संस्कृति इन्टरनेशनल स्कुलबारे
सन् २०१० मा स्थापना भएको संस्कृति इन्टरनेशनल स्कुल काठमाडौंमा अवस्थित छ । विद्यालयले शैक्षिक उत्कृष्टताका साथै खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।
हाल विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा सफल उपस्थिति जनाउँदै आएको छ । संस्कृति इन्टरनेशनल स्कूल दक्षिण एसियाको एकमात्र अन्तर्राष्ट्रिय प्राथामिक करिकुलम मान्यता प्राप्त संस्था हो ।