0
Shares
काठमाडौं । अमेरिकी कोष्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो विमान फेला पारेको बताएको छ ।
उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोष्ट गार्डले जनाएको छ ।
खराब मौसमले कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।
शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।