0
Shares
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासमा जोड दिने बताएका छन् ।
शिक्षालय राष्ट्रिय मासिकले मंगलबार आयोजना गरेको १८ औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नु पर्ने बताए ।
उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनु पर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनु पर्ने बताउँदै शिक्षालयमा शिक्षालयमा योग, ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए ।
उनले भने, “शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ ।”