अमेरिका-इरानबीच युद्ध अन्त्य गर्न ऐतिहासिक ‘शान्ति सम्झौता’मा हस्ताक्षर, युरोपेली देशहरूको स्वागत

0 Shares

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ‘शान्ति सम्झौता’मा पुगेका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको जानकारी दिँदै लागू भइसकेको पुष्टि गरे ।

प्रधानमन्त्री सरिफका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् । सम्झौतापछि वासिङ्टनले हर्मुजमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी अन्त्य गर्ने घोषणा गरेको छ ।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन् । इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताए ।

दुवै पक्षले आफ्नो जित भएको दाबी गरे पनि उनीहरू अझै एकअर्काप्रति गहिरो अविश्वास राख्दै आएका छन् । बृहत्तर सम्झौतामा पुग्न सक्ने उनीहरूको क्षमतामाथि गम्भीर प्रश्नहरू बाँकी छन् ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले लेबनानमा नयाँ आक्रमणहरू गरेर अन्तिम समयमा हस्ताक्षर कार्यक्रमलाई जोखिममा पारेको थियो ।

सम्बन्धित समाचार