होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

0 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीले युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुजबाट हुने यातायात पुनः सुरु गर्न प्रारम्भिक सम्झौता भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट आएको छ । तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई)को मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात् ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ ।

राष्ट्रपति ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुज क्षेत्र अब कुनै पनि शुल्कविना खुला रहने र इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी पनि अन्त्य हुने बताएका छन् ।

इरानको अर्ध सरकारी मेहर समाचार एजेन्सीका अनुसार सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने उल्लेख छ ।

सम्बन्धित समाचार