आज मिति २०८३ साल असार १ गते सोमबार । सन् २०२६ जुन १५ तारिख । नेपाल संवत् ११४६ । अधिक जेठ कृष्णपक्षको औँसी तिथि । आज बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नु हुन अनुरोध छ । आज बिहान ५ बजेर १० मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम बेलुकी ६ बजेर ५९ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । धनको आगमन भैरहनेछ ।
बृष
केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । लगानीका साथै आयस्रोत पनि बढ्ला । यात्रागत कार्यमा सफलता मिल्ने योग छ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यबल बढ्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त हुनेछ ।
मिथुन
लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नाले मनोकुलको काममा सफलता मिल्ने देखिन्छ ।
कर्कट
ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । खर्च र लगानी बढ्ने योग छ । धोखा हुने, ठगिने सम्भावना रहेकाले सोचीविचारी काम गर्नु उचित हुनेछ ।
सिंह
कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ । विशेष कार्यमा उच्च व्यक्तित्वको सहयोग–समर्थन मिल्ने देखिन्छ ।
कन्या
बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आर्थिक विषयको वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ ।
तुला
आजको दिन भाग्योदयकारी सिद्ध हुने देखिन्छ । विशेष योजनाका लागि गरिने छलफलमा तपाईंको प्रभाव–वर्चश्व रहनेछ । आरोग्यबल बढ्नेछ भने प्रशन्नता एवम् सुख शान्ति रहनेछ । मनोरञ्जन विलासमा आकर्षण बढ्ने देखिन्छ । मिठो भोजन मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने योग छ ।
वृश्चिक
दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ । आजको दिन विवाद आदिदेखि सचेत रही आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्च नियन्त्रणको लागि सजग रहनुपर्ने छ ।
धनु
आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् ।
मकर
कर्मयोगी भाव र कार्यव्यवहारका कारण यश वर्चश्वमा वृद्धि हुने समय छ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ भने साझेदारीको काम बन्ने योग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । प्रयासरत काम बन्नाले आँट उत्साह बढ्नेछ । रसरागमा आकर्षण रहला ।
कुम्भ
एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता पनि बढ्ने छ ।
मीन
आजको दिन सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । रोकिएका काममा फेरि प्रयत्न गर्नु हितकर हुनेछ । विलासी क्रियाकलापमा आकर्षण रहनेछ । खर्च केही वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला ।