जेठ २८ गते बिहीबारको तपाईको राशिफल कस्तो?

0 Shares

आज मिति २०८३ जेठ २८ गते बिहीबार । सन् २०२६ जुन ११ तारिख । नेपाल सम्बत ११४६ अनालागा एकादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शोभन योग, बाव करण । आज बिहान ५ बजेर ८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ७ बजे अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

भौतिक साधन जुट्नेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । कृषि तथा पशु व्यवसायबाट विशेष लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । प्राकृतिक पर्यावरणमा रमाउने योग छ । आरोग्यबल बढ्नेछ । नियमित खर्चमा केही वृद्धि हुने देखिन्छ ।

बृष

रोकिएको काम बन्ने समय छ । आयवृद्धिका साथै ब्यापार–व्यवसायमा रहनेका लागि दिन विशेष अनुकुल छ । व्यवसायका लागि यात्रा पनि हुन सक्छ । दाम्पत्यजीवन सुखद रहनुका साथै प्रेम सम्बन्धमा पनि प्रगाढता आउनेछ ।

मीथुन

मिश्रित फलदायी समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यसम्बन्धी केही समस्याको अनुभूति होला । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले समस्या थपिने योग छ । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना भएकोले संयमपूर्ण व्यवहार अपेक्षित छ ।

कर्कट

आयआर्जन बढ्नुका साथै फसेको रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । महत्वपूर्ण कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने योग छ ।

सिंह

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कन्या

बोलीको प्रभाव बढ्ने तथा विभिन्न अवसरले पछ्याउने समय छ । नियमित कार्यमा पनि राम्रै फाइदा होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । अप्रत्यासित धनलाभ होला । रसरागमा आकर्षण तथा दाम्पत्यसुख मिल्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।

तुला

पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन आउन सक्छ । तथापि, दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यता रहला ।

वृश्चिक

पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् भने आफन्तसुख मिल्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । यात्रापरक काम बन्ने छ ।

धनु

शुभदायी समय छ । सानातिना समस्या आइपरे पनि दिन मनोरञ्जनपूर्ण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव वृद्धि हुनेछ ।

मकर

नियमित कार्यमा केही ब्यस्तता बढेपनि आजको दिन सुखदायी नै रहला । अध्ययन–अध्यापनमा प्रगतिका साथै नयाँ ज्ञानप्राप्तिको मौका जुर्नेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा तथा वागबगैंचासम्बन्धी काममा विशेष आकर्षण रहनेछ । रमाइलो यात्रा एवम् स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ ।

कुम्भ

केही चुनौतीयुक्त समय छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । कामका कतिपय अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कदम चाल्नुहोला । प्रतिकुलताका बाबजुद व्यापारमा राम्रै फाइदा हुने योग छ । पराक्रम वृद्धि हुनेछ ।

मीन

प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने योग परेकोले विशेष योजनाहरूको शुरुवात गर्नु उचित हुनेछ ।

सम्बन्धित समाचार