अन्ततः हार्दिक पाण्ड्याले गरे डिभोर्स

0 Shares

काठमाडौं । आईसीसी टी २० विश्वकपमा उपाधि रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेर चर्चामा आएका भारतीय क्रिकेटर हार्दिक पाण्ड्याले श्रीमतीसँग डिभोर्स गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालबाट आफूहरू अलग भएको जानकारी दिएका हुन् ।

केही महिनादेखि हार्दिक र उनकी पत्नी नतासा स्टान्कोभिकबीच डिभोर्स भएको हल्ला चल्दै आएको थियो । यो बीचमा उनीहरू मौन रहँदै आएका थिए ।

अन्ततः यस विषयमा हार्दिक आफैले डिभोर्स गरेको जानकारी दिएका हुन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरू दुवैको हितका खातिर अलग भएको उल्लेख गरेका छन् ।

‘हामी दुवैले सम्बन्ध जोगाउन निकै कोशिष गर्यौं, तर सकेनौंं, अन्तत: अलग हुनु नै दुवैको हितमा छ भन्ने निर्णयमा पुगेका छौँ,’ उनले भनेका छन् ।

हार्दिक र नताशाको चार वर्षअघि विवाह गरेका थिए । उनीहरूको तीन वर्षीय एक छोरा छन् । छोरालाई दुवै मिलेर हुर्काउने जनाइएको छ ।

सम्बन्धित समाचार