टी २० विश्वकपमा मैदान नटेकेका भारतीय खेलाडीले पाए करोडौँ पुरस्कार, सहयोगीको हातमा दुई करोड भारू

0 Shares

काठमाडौं । यही जुन २९ तारिखमा सम्पन्न टी २० विश्वकपमा भारत विजयी बन्यो । भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विजयी हुँदा भारतीय खेलाडीहरू करोडौँ रुपैयाँ पुरस्कार पाए ।

आफ्नो देश विश्वकपमा विजयी भएसँगै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले च्याम्पियन टोलीलाई १२५ करोड भारतीय रुपयाँ पुरस्कार अर्थात १८० करोड रुपैयाँ दिएको छ । आईसीसीले विश्वकप जितेको टोलीलाई ३२ करोड रुपैयाँ पुरस्कार दिएको थियो ।

बोर्डले दिएको रकम खेलाडीबीच मिलाएर बाँड्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार टोलीमा समावेश भएका १५ खेलाडीले नेपाली ८ करोड रुपैयाँ पाउने भएका छन् । टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले पनि सोही बराबरको रकम पाउने छन् ।

यस्तै, रिजर्भमा भएका शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई १–१ करोड रुपयाँ अर्थात एक करोड ६० लाख रुपैयाँ पाउने भएका छन् ।

भारतीय टोलीमा परेका तीन खेलाडी युजभेन्द्र चहल, सञ्जु सामसन र यशस्वी जैसवालले टी–२० विश्वकपमा एउटै खेल खेल्ने मौका पाएनन् । तर, उनीहरूले जनह ८ करोड रुपैयाँ पाएका छन् । यसका साथै टी २० विश्वकपमा टिमसँग गएका सात खेलाडीले मैदानमा टेक्न नगए पनि करोडपति बन्ने पक्का भएका छन् ।

कोचिङ स्टाफका अन्य सदस्यले दुई करोड ५० लाख भारू पुरस्कार पाउने छन् । सहयोगी कर्मचारीले दुई करोड रुपैयाँ भारू पाउने छन् । मुख्य चयनकर्ता अजित आगरकरसहित चयन समितिका प्रत्येक सदस्यलाई १–१ करोड पाउने भएका छन् ।

सम्बन्धित समाचार