0
Shares
काठमाडौं । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए । कोडी गाक्पोले एक गोल गरेका थिए ।
योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ । यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।