भारतलाई टी २० विश्वकप जिताएर रोहित शर्माले लिए सन्यास

0 Shares

काठमाडौं । टी २० विश्वकपको उपाधि उचालेसँगै भारतीय टोलीका कप्तान रोहित शर्मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी २० विश्वकपको फाइनल खेल आफ्नो टी २० अन्तर्राष्ट्रिय करिअरको अन्तिम भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो, मलाई हरेक पल मन पर्यो, म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि, कप्तान शर्माले भारतको टेस्ट र एक दिवसीय क्रिकेट खेल्न जारी राख्ने छन् । रोहितअघि विराट कोहलीले टी २० अन्तर्राष्ट्रिय क्रिकेट फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए ।

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी २० विश्वकप जित्न सफल भएको हो । यसअघि भारतले टी २० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको हो ।

सम्बन्धित समाचार