साताभर सुनको मूल्यमा २४ हजारभन्दा बढीको गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । तिहारपछि स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । २७ गते शुक्रबार तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामै १२ हजार ६ सय रुपैयाँ घटेको थियो । योसँगै तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामा २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसपछि यो साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा थप १ हजार ५०० रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो

यस्तै, कार्तिक ३० सोमबार सुनको मूल्यमा थप गिरावट आएको थियो । यस दिन तोलामा थप १ हजार १०० रुपैयाँ घट्दै २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ ।
्
यसैगरी, मंगलबार सुनको मूल्यमा थप गिरावट आएको थियो । यो दिन तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै मंगलबार सुनको मूल्य तोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंसिर २ गते बुधबार सुनको मूल्यमा पहिरो गएको थियो । यो दिन सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

मंसिर ३ गते बिहीबार सुनको मूल्य थप ३ हजार ३०० रुपैयाँ घट्दै तोलामा २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंसिर ४ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्यमा भारी गिरावट आएको थियो । यो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँ घटेको हो । योसँगै सुनको मूल्य तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । साताभर सुनको मूल्यमा भारी गिरावट हुँदा साताभर २६ हजार ३०० रुपैयाँकाे भारी गिरावट आएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । गत शुक्रबार ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ । योसँगै साताभर चाँदीको मूल्यमा ५९० रुपैयाँ गिरावट आएको छ ।

सम्बन्धित समाचार