0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तोलामा २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार थियो । यता, आज १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।