0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा पहिरो गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पुन घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।