आज किन विश्व बजारमा सुनको मूल्य चार प्रतिशत घट्यो?

0 Shares

काठामाडौं । आज विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको मूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको हो ।

योसँगै आज विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार ६९५ अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ । कारोबारका क्रममा मूल्य थपघट भइरहेको छ । यो पछिल्लो एक वर्षकै सबैभन्दा कम हो ।

विश्व बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटसँगै नेपाली बजारमा सुनको मूल्यमा ठूलो प्रभाव पर्ने निश्चित रहेको छ ।

अमेरिकी डलरमा हुने उतारचढाव, कच्चा तेलको मूल्यवृद्धि, मुद्रास्फीति कायमै रहने चिन्ता र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर उच्च राख्ने अनुमानसँगै सुनको मूल्यमा दबाब देखिएको हो ।

यसका साथै, आज विश्वका शक्तिशाली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सि जिङपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा त्रिपक्षीय भेटवार्ता हुँदै गर्दा सुनको मूल्यमा थप गिरावट आएको हो ।

सम्बन्धित समाचार