0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै आज सुनको मूल्य तोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।