अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पहिरो, ७ प्रतिशतभन्दा बढीको गिरावट

0 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ऐतिहासिक गिरावट आएको छ । अमेरिका, चीन र रुसी राष्ट्रपतिको त्रिपक्षीय भेटसँगै यसको प्रभाव विश्व बजारमा देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारको तथ्यांक अद्यावधिक गर्ने ुगोल्डप्राइस डट ओआरजीुका अनुसार बिहीबार न्युयोर्क समयअनुसार साँझसम्म सुनको मूल्य एकैदिन १७० डलरभन्दा बढीको गिरावट आएको छ ।

तथ्यांकअनुसार, अघिल्लो दिन अर्थात् नोभेम्बर १८ मा प्रतिऔंस ३,७३८.०१ अमेरिकी डलरमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतिऔँस १७० डलरको आसपासमा गिरावट आएको छ । यो ४.५ प्रतिशत हो ।

यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य प्रतिऔंस ३ अमेरिकी डलर (अर्थात् ७ प्रतिशत)ले घटेर ४२ अमेरिकी डलरमा आसपास कारोबार भइरहेको छ ।

पछिल्लो ३० दिनको तथ्यांकलाई हेर्दा सुनको मूल्य ९.५५ प्रतिशत र चाँदीको मूल्य २१.५५ प्रतिशत गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको प्रभाव नेपाली बजारमा देखिने छ । आज ९शुक्रबार० सुनचाँदीको मूल्यमा गिरावट आउने छ ।

सम्बन्धित समाचार