एनपीएल विजेतालाई बधाई दिँदै सबै टोलीलाई रंगशाला बनाइदिने प्रधानमन्त्रीको घोषणा

0 Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीलाई बधाई दिँदै आठ वटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने उद्घोष गरेका छन् ।

प्रधानमन्त्री शाहले शनिबार साँझ सुदूरपश्चिम रोयल्सले उपाधि जितेसँगै बधाई दिएर यस्तो घोषणा गरेका हुन् । उनले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला बन्ने बताए । उनले सरकारको पूर्वाधार विकास मन्त्रालयले रंगशाला निर्माण गर्ने बताए ।

सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार