मंगलबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार