सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार