दराजको ११.११ सेल : नोभेम्बर १ देखि सुरु, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर

0 Shares

काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार र छठ पर्वलाई लक्षित गर्दै ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने भएको छ। आगामी नोभेम्बर १ अर्थात् कात्तिक १५ गते देखि ‘द बिग बोस इज ब्याक’ नारासहित दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने भएको हो ।

कात्तिक १५ गते राति ८ बजेबाट २५ गतेसम्म चल्ने यो अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, निःशुल्क डेलिभरी तथा विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

११ दिनसम्म सञ्चालन हुने यस अभियानमा घर सजावट, फेसन, इलेक्ट्रोनिक्स, सौन्दर्य सामग्री तथा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न श्रेणीका सामग्रीमा आकर्षक छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत समावेश गरिएको छ।

अग्रणी ब्रान्डका सामग्रीमा ८० प्रतिशतसम्म छुट
दराजका अनुसार अभियानभर विभिन्न सामग्री तथा साझेदार ब्रान्डका विशेष अफर दैनिक फ्ल्यास सेलमार्फत उपलब्ध हुनेछन् । प्लेटिनम साझेदार रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्म छुट दिनेछन् । त्यस्तै, गोल्ड साझेदार ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन् ।

सिल्भर साझेदार फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारका सामग्रीमा भने ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।

अभियानको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म सञ्चालन हुने ‘क्रस क्याटेगोरी ब्रान्ड रश आवर’ बाट हुनेछ । नोभेम्बर २ बिहान ११ बजेदेखि ‘क्रेजी प्राइस ड्रप’ कार्यक्रम सुरु हुनेछ, जसमा छनोट गरिएका सामग्री विशेष मूल्यमा खरिद गर्न सकिनेछ।

नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक-फरक श्रेणीमा आधारित विशेष अफर सञ्चालन हुनेछन् । यसअन्तर्गत इलेक्ट्रोनिक्स, लाइफस्टाइल, दैनिक उपभोग्य सामग्री, दराज च्वाइस, फेसन र नयाँ सामग्रीमा केन्द्रित कार्यक्रम समावेश गरिएका छन् ।

बैंक तथा डिजिटल वालेटबाट भुक्तानी गर्दा थप छुट

दराजले अभियान अवधिमा अग्रिम भुक्तानीमा अतिरिक्त छुट उपलब्ध गराउन आठवटा बैंकसँग साझेदारी गरेको जनाएको छ। योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २ हजार रुपैयाँसम्म २० प्रतिशत र योग्य डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १ हजार ५०० रुपैयाँसम्म १५ प्रतिशत छुट पाइनेछ ।

यस अफरमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक सहभागी छन्। त्यस्तै, इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्ने ग्राहकले विशेष रश आवर अफरअन्तर्गत १ हजार रुपैयाँसम्म छुट पाउनेछन्।

छनोट गरिएका विक्रेतामार्फत ग्राहकले ३ हजार रुपैयाँसम्मका तिहार भौचर प्राप्त गर्न सक्नेछन्। दराज च्वाइसअन्तर्गत योग्य सामग्री तीनवटा खरिद गर्दा निःशुल्क डेलिभरी र चारवटा खरिद गर्दा एउटा सामग्री निःशुल्क पाउने सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

रोमाञ्चक उपहार र उत्सवमय पुरस्कार

दराज ११.११ अन्तर्गत न्यूनतम १ हजार १११ रुपैयाँको अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका फिलिप्स सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन् । सोही न्यूनतम खरिद रकम पूरा गर्ने ग्राहक विभिन्न साझेदार ब्रान्डका दैनिक उपहार योजनामा पनि सहभागी हुन सक्नेछन् ।

त्यसैगरी, दराज नेपालको इन्स्टाग्राममा सार्वजनिक गरिने मिस्ट्री डिलको सही मूल्य अनुमान गरी कमेन्ट गर्ने ग्राहकले विभिन्न ब्रान्डका उपहार ह्याम्पर जित्न सक्नेछन् ।

अभियानमा विभिन्न विशेष पुरस्कार पनि समावेश छन् । अनर नेपालबाट आठ जना ग्राहकले थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् भने ग्लेन नेपालबाट एक जना भाग्यशाली ग्राहकले पाँचदिने थाइल्यान्ड भ्रमण जित्नेछन् ।

त्यस्तै, मामाअर्थबाट सात जना ग्राहकले हेयर आइरन जित्ने अवसर पाउनेछन्। सफारी नेपालमार्फत दुई जनाले ओम अध्याय रिट्रिट-रिसोर्ट र नगरकोट सोल्टी रिसोर्टमा जोडीका लागि विशेष बसाइ जित्न सक्नेछन् । बिग डिजिटलबाट एक जनाले ८ केजी क्षमताको फ्रन्ट लोड वासिङ मेसिन र एयर फ्रायर तथा ब्रो स्टोर (बाल्ट्रा) बाट एक जनाले ५० इन्चको ४ के स्मार्ट एलईडी टिभी जित्ने अवसर पाउनेछन् ।

तिहार र छठ पर्वको किनमेललाई सहज, किफायती र उत्सवमय बनाउने उद्देश्यले अभियान ल्याइएको दराजले जनाएको छ। घर सजावटदेखि प्रियजनका लागि उपहार खरिदसम्मका आवश्यक सामग्री अनलाइनबाटै छनोट गर्न सकिने भएकाले उपभोक्ताले विभिन्न छुट, भौचर, बैंक तथा डिजिटल वालेट अफर र उपहार योजनाको लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचार