सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

योसँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार