0
Shares
काठमाडौं । आज बिहीबार सुनको भाउ वृद्धि हुँदा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ३०० रूपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ ।
हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य तोलाको ५० रूपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ ।