0
Shares
काठमाडौं । सडक डिभिजन भरतपुरले मुग्लिन-नारायणगढ सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।
सडक डिभिजन भरतपुरले आज बिहान ११ः२५ बजे सूचना जारी गरी मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्नै परे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई अनुरोध गरेको हो ।
‘अर्नब चक्रबातको कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ। मुग्लिन-नारायणगढ सडकखण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारु रहेको छ। वर्षाको कारण सडक र पहिरोको सम्भावित जोखिम कायमै रहेकोले अत्यावश्यकबाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।