टिकटकले सन् २०२६ को दोस्रो त्रैमासमा हटायो २० लाख ३६ हजार भिडियो

0 Shares

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ । यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ । यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४% हो । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ % रहेको छ । त्यस्तै, गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३% भिडियो २४ घण्टाभित्र हटाइएका छन् । थप समीक्षा गरेपछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन् ।

टिकटकले विश्वव्यापी रूपमा १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ % हो । तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन् । विश्वव्यापी रूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन्पहिचान गरी हटाउने दर ९९.५% रहेको छ भने ९२.७% भिडियो २४ घण्टाभित्र हटाइएका छन् । समीक्षा गरेपछि कुल ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनःस्थापना गरिएका छन् ।

टिकटकले प्रयोगकर्ताएकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ । यस अवधिमा १४ करोड ६८ ०७ हजार ४०० वटा फेक एकाउन्ट हटाइएको छ । यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २ करोड ६८ लाख ४० हजार ७६७ वटा एकाउन्टपनि हटाइएका छन् । कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्टसमेत हटाइएको छ ।

टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ । प्रकाशित सामग्रीमध्ये २.४% लाइभ कन्टेन्ट निलम्बन गरिएको छ । नियम उल्लङ्घनको कारबाहीस्वरूप टिकटकले ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ । समीक्षा गरेपछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन् ।

यी नतिजाले ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन् । क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

टिकटकले नियमित रूपमाकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टसार्वजनिक गर्दै आएको छ। यसले कम्पनीको पारदर्शिताप्रतिको प्रतिबद्धता झल्काउँछ। सन् २०२६ को दोस्रो त्रैमासिकको रिपोर्ट, टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स तथा पोलिसीबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटकको Transparency Centre मा जान सकिन्छ ।

टिकटकको बारेमा:

टिकटकमोबाइलमा छोटो भिडियोका लागि अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रोत्साहन गर्नु र मानिसहरूमा खुसी बाँड्नु हो। टिकटकका ग्लोबल मुख्यालय लस एन्जलस र सिङ्गापुरमा छन् । साथै, न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सोल र टोकियोमा पनि यसका कार्यालयहरू छन् ।

सम्बन्धित समाचार