नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

0 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा झरेको छ। आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार समूहबाहेक सबै उपसमूहको सूचक घटेको छ। सोमबार ५० कम्पनीको शेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

नीतिगत सुधारका प्रयास भइरहे पनि लगानीकर्ताको मनोविज्ञानमा अपेक्षित सुधार आउन नसक्दा बजारमा दबाब कायम रहेको बजार सहभागीहरूको भनाइ छ। दसैँ नजिकिँदै जाँदा खर्च व्यवस्थापनका लागि शेयर बिक्री गर्ने प्रवृत्तिले समेत बजारमा आपूर्ति बढाएको उनीहरू बताउँछन्।

सम्बन्धित समाचार