0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।