काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ। नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत नयाँ पन्च इभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

आज नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अन्तिम दिन भएकाले विशेष अफरको पनि आज नै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ। आजसम्म बुकिङ गर्ने ग्राहकहरूले १ लाख रुपैयाँको विशेष मूल्य लाभ प्राप्त गर्न सक्नेछन्। भोलिबाट भने विशेष अफर समाप्त भई नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।
साथै एक्स्पोमा नंया पन्च इभि गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ। अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।