हिमालयन लाइफ इन्स्योरेन्सले कमायो ३१ करोड ७७ लाख नाफा

0 Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीकाे जीवन बीमा कोषको आकार १६.२१ प्रतिशतले बढेको छ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ थियो।

यसैगरी, कम्पनीको कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेर १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस्तै, खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीले ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.९० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ भने अन्य इक्विटी २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी (इपीएस) घटेर ३ रुपैयाँ ४८ पैसामा झरेको छ। अघिल्लो वर्ष यस्तो इपीएस ५ रुपैयाँ ९८ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा रहेको छ।

सम्बन्धित समाचार