नेसनल लाइफ बन्यो कर्णाली याक्सको इन्स्योरेन्स पार्टनर

0 Shares

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सको आधिकारिक बीमा साझेदार बनेको छ।

कम्पनीले सिजन ३ का लागि कर्णाली याक्ससँग आधिकारिक बिमा साझेदारका रूपमा सहकार्य गर्ने घोषणा गरेको हो। यस सहकार्यसँगै कम्पनीले क्रिकेटको प्रवर्द्धन तथा खेलकुदमार्फत विश्वास र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार कुनै पनि सफल टोली विश्वास, समर्पण र दृढताका आधारमा अघि बढ्ने भएकाले सुरक्षित भविष्य निर्माणका लागि पनि विश्वास महत्त्वपूर्ण हुन्छ।

क्रिकेटप्रतिको उत्साहलाई प्रोत्साहन गर्ने, मानिसमा आत्मविश्वास जगाउने र भविष्यका सम्भावनालाई सुरक्षित बनाउने उद्देश्यसहित कर्णाली याक्ससँग सहकार्य गरिएको कम्पनीले जनाएको छ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा कर्णाली याक्ससँगको यो साझेदारीले खेलकुद र बीमा क्षेत्रबीचको सहकार्यलाई थप जोड दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार