काठमाडौं । गत आर्थिक वर्षमा शिवम् सिमेन्ट लिमिटेडको खुद नाफा सामान्य घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको हो
गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १.७२ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत घटेको छ । बिक्री आम्दानी घट्दा कुल नाफा ७.८४ प्रतिशत घटेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १९.४४ प्रतिशत बढेको छ भने कुल खर्च १३.२५ प्रतिशत घटेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ । मूल्य आम्दानी अुनपात ४४.२७ गुणा रहेको छ।