सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत माग्न बोलाइएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन । लगत्तै प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए ।

मन्त्री बर्खास्त गरेपछि असार ३२ मा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो । योसँगै उनी अल्पमतमा परेका थिए । यसका बाबजुद पनि उनले सरकार चलाइरहेका थिए ।

आर्थिक वर्ष २०८३र८४ को बजेटमा विवाद चर्किएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश सरकार अल्पमतमा परेको ३०औँ दिनमा शाहले राजीनामा दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नैतिकता गुमाएर प्रदेशसभा बन्धक बनाउँदै मुख्यमन्त्री शाह, सुदूरपश्चिमको नयाँ सरकार अन्यौलमा

सम्बन्धित समाचार